नेप्से २६ सय विन्दुबाट तल

 संवाददाता    ३१ भाद्र २०८१, सोमबार १६:३६     8 जनाले पढ़िसके



Spread the love

यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आइतबार ५० अंकले घटेको नेप्से परिसूचक आज ५७.०३ अंकले घटेको छ।

नेप्से परिसूचक २.१६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८०.७६ को विन्दुमा झरेको छ। परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको विन्दुमा ओर्लिएको हो।

आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता सेयर ९२ हजार आठ सय १५ पटक खरिद–बिक्री हुँदा रु. सात अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै वित्त समूह ५.६६ प्रतिशतले घटेको छ । बैंकिङ १.५९, विकास बैंक २.७२, होटेल तथा पर्यटन २.४८, जलविद्युत् २.२८, लगानी २.५३ र जीवन बिमा १.९१ प्रतिशतले घटेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन १.७१, लघुवित्त २.४३, म्युचुअल फन्ड १.१७, निर्जीवन बिमा १.९१, व्यापार २.७६ र अन्य समूह २.३३ प्रतिशतले घटेको छ।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रु. ३१ करोड ११ लाख ४९ हजार सात सय ३६ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक प्रमोटर सेयर पाँच लाख ७७ हजार तीन सय ८९ कित्ता खरिद–बिक्री भएको छ। रासस