बीरगञ्ज स्थित भाटभटेनीमा म्याद गुज्रेका खाद्य सामग्री भेटियो

 संवाददाता    ३१ भाद्र २०८१, सोमबार ०९:०५     47 जनाले पढ़िसके



Spread the love

बीरगञ्ज स्थित भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेकोमा आइतवार बीरगञ्ज महानगरपालिकाले जरिवाना गरेको छ ।

भाटभटेनी सुपरमार्केट अन्तर्गत अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्स प्रालिलाई जनही ५ – ५ हजार रुपैयाँ जरिवाना गरेको छ । बीरगञ्ज महानगरपालिकाले बीरगञ्ज पिपरास्थित भाटभटेनी सुपरमार्केटको माथिल्लो तलामा रहेका चारवटा रेस्टुरेन्टमा आइतबार अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा म्याद गुज्रेका मःम, चाउमिन, मासु, अमृत तेल, मैदा, बेसन लगायतका सामग्री फेला परेका थिए । म्याद गुज्रेका ४ बोरा मैदा, २ प्याकेट कुखुराको मासु, ४ प्याकेट चाउमिन, ५ सय ग्राम गोल्ड बेसन, ६ प्याकेट अमृत तेल र एक प्याकेट मन्चुरियनलाई नष्ट गरिएको छ ।

अनुगमनपछि सुपरमार्केट अन्तर्गत अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्सप्रालिलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।