केजरीवालले गरे मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा

 संवाददाता    ३० भाद्र २०८१, आईतवार १६:५८     7 जनाले पढ़िसके



Spread the love

एजेन्सी। भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले दुई दिनभित्र पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले जनताको फैसला नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने भन्दै केजरीवालले दिल्लीमा समयभन्दा अगावै निर्वाचन गर्नुपर्ने माग गरेका छन् ।
उनले भने, “मैले देशको संविधान र गणतन्त्र जोगाउन राजीनामा दिएको होइन । अब दुई दिनमा राजीनामा दिन्छु । जनताको फैसला नआएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।”

गएको शुक्रबार भारतको सर्वोच्च अदालतले १० लाख भारु धरौटीमा रिहा गर्न आदेश दिएपछि मुख्यमन्त्री केजरीवाल जेलमुक्त भएका थिए ।