नेप्सेमा ५०.७३ अंकले गिरावट

 संवाददाता    ३० भाद्र २०८१, आईतवार १६:५३     8 जनाले पढ़िसके



Spread the love

काठमाडौ। साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५० दशमलब ७३ अंकले घटेर २ हजार ६ सय ३७ दशमलब ७९ को बिन्दुमा बजार बन्द भएको हो। आज ३ सय २४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर किनबेच भएको छ। सिईडिबिको ६४ करोड ३८ लाख ६६ हजार ७ सय ८० रुपैयाँ बराबरको शेयर बिक्री भएको हो। त्यस्तै सिंगाटी हाइड्रोको सबैभन्दा बढी ९ लाख ३४ हजार ५ सय ७८ कित्ता शेयर कारोबार भएको छ। नेप्सेका अनुसार आज रिभर फल्स पावर, हिमालयन हाइड्रो र रावा इनर्जीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।