त्रिशूली नदीमा ट्रक खस्यो

 संवाददाता    ३० भाद्र २०८१, आईतवार ०९:२१     3 जनाले पढ़िसके



Spread the love

भरतपुर २९ मा पर्ने सिमलताल नजिकै ट्रक दुर्घटनामा परेको छ । सिमराबाट काठमाडौँ जाँदै गरेको मालवाहक ना ६ ख ६२८३ नम्बरको ट्रक नारायणगढ मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।

ट्रक त्रिशूली नदीको किनारमा खसे पनि पानीमा भने पुगेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटना ग्रस्त ट्रकका चालक सह चालक अहिले सम्म सम्पर्कमा छैनन् ।

सो सडकमा अन्य यात्रु भए नभएको पनि खुल्न सकेको छैन । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारको काम जारी राखेको छ ।

यस्तै आइतबार बिहानै ६ बजे नारायणगढ मुग्लिङ सडककै गाईघाटमा हाइलसले पैदल यात्रुलाई ठक्कर दिदा ति पैदल यात्री घाइते भएका छन् । कावासोतीबाट काठमाडौँ जाँदै गरेको प्र–३–०१–००५ ख ९७६६ नम्बरको हाइसले पैदल यात्रू तनहुँ आवुखैरेनीका सुकलाल गुरुङलाई ठक्कर दिएको हो । घाइते गुरुङको अहिले भरतपुरमा उपचार भइरहेको छ ।