सुनको मूल्य हालसम्मकै उच्च

 संवाददाता    २८ भाद्र २०८१, शुक्रबार १७:४८     11 जनाले पढ़िसके



Spread the love

स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु. तीन हजारले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला रु. एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ६५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु. एक हजार आठ सय ६० निर्धारण भएको छ । रासस