मनास्लु आरोहण गर्न २९० जनाले लिए अनुमति

 संवाददाता    २६ भाद्र २०८१, बुधबार १८:५९     4 जनाले पढ़िसके



Spread the love

काठमाडौं । शरद ऋतुका लागि हिमाल आरोहणका लागि बुधबारसम्म ३२ टोलीका ३२९ जनाले आरोहण अनुमति लिएका छन् । यसमध्ये सर्वाधिक संख्या मनास्लु हिमालमा छ ।

मनास्लुमा २५ टोलीका २९० जनाले आरोहण अनुमति लिइएका छन् । जसमध्ये ८० जना महिला छन् ।

द्यौलागिरी हिमालमा १ टोलीका १४ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

पुथा हिउँचुलीमा दुई टोलीका ९ जना, अन्नपूर्ण चौथो र पुङ्गी हिमालमा एक/एक टोलीका ५/५ जनाले आरोहण अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।यो सिजनमा विभागले ३ करोड ७४ लाख रुपैयाँ आरोहण रोयल्टी संकलन गरेको छ ।