असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

 संवाददाता    २६ भाद्र २०८१, बुधबार १३:२१     38 जनाले पढ़िसके



Spread the love

काठमाडौं । यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले असोज १३ बाट सुकिला नोट साट्न सकिने व्यवस्था मिलाउन लागिएको बताए । यो वर्ष नयाँ नोट भने नसाट्ने राष्ट्र बैंकले निर्णय गरिसकेको छ ।

सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १०० दरको एक सेट नोट साट्न सक्नेछन् ।