वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। भौतिक साधन जुट्नेछन्। मिहिनेतले चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतिस्पर्धीसँग केही सम्झौता गर्नुपर्ला।