दोस्रोपटक पर्यटन बोर्डका सीईओ बने दीपकराज जोशी

 संवाददाता    २० भाद्र २०८१, बिहीबार १८:४९     54 जनाले पढ़िसके



Spread the love

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको बोर्ड बैठकले उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । जोशी यसअघि धनन्जय रेग्मीभन्दा अघि पनि एक कार्यकाल सीईओ बनेका थिए ।

बोर्ड स्रोतका अनुसार रेग्मी विवादमा तानिएका कारण एक नम्बरमा सिफारिस भए पनि सीईओ बन्न सकेनन् । दोस्रो नम्बरमा रहेका जोशीले बाजी मारेका हुन् । बर्दियाका जोशी पर्यटन बोर्डकै पूर्वकर्मचारीसमेत हुन् ।

सीईओका लागि पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति बनेको थियो । सो समितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले पूर्व सीईओ रेग्मी, जोशी र ज्ञानेश्वर महतोको नाम सिफारिस गरेको थियो ।