एमालेले माग्यो सिआईबिको अनुसन्धान

 संवाददाता    १४ भाद्र २०८१, शुक्रबार २०:१३     10 जनाले पढ़िसके



Spread the love

सर्लाही
नेकपा एमाले सर्लाहीले आफ्नो एक कार्यकर्ताको ज्यान गएको घटना छानविनको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईविको टोली माग गरेको छ ।
कविलासी नगरपालिका वार्ड नम्वर ४ का पुर्व वडा अध्यक्ष अरविन्द रायको ज्यान गएको सम्वन्धमा अनुसन्धान गर्न यस्तो माग गरिएको एमाले नेता चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
एमाले जिल्ला कमिटी सदस्य समेत रहेका रायको गत भदौ ७ गते साझ वरहथवा नगरपालिका वार्ड नम्वर १० किसनपुर चौकमा एक विवादास्पद मोटरसाईकल दुर्घटनामा ज्यान गएको थियो ।आज नेकपा एमालेका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज हरि उप्रेतीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई माग पत्र वुझाएको हो । पुर्व रक्षा मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य हरि उप्रेतीको हस्ताक्षर रहेको पत्रमा घटनालाई स्वभाविक दुर्घटना मान्न नसकिने भएकोले विशेष अनुसन्धान गर्न माग गरिएको छ ।
टोलीमा पार्टी केन्द्रीय सदस्य एवं वरहथवा कि नगर प्रमुख कल्पना कटुवाल, पूर्ब मन्त्री खोवारी राय, पार्टी नेता शेष मेहवुव रेजा, पार्वती विश्वकर्मा, अशोक कार्की, प्रल्हाद वुढाथोकी लगायत थिए।
पत्रमा हालसम्म भएको अनुसन्धानको लागि स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय वरहथवालाई धन्यवाद दिइएको छ । एमाले नेता चूडामणि वाग्लेले दुर्घटना भनिए पनि उक्त घटनाको प्रकृति अपराधजन्य देखिएकोले पार्टीले गम्भिर छानविन गर्न माग गरेको बताए ।
एमालेको पत्र वुझ्दै प्रजिअ अधिकारीले घटनाको अनुसन्धान गम्भिर ढंगले भईरहेको जानकारी गराए ।