चीनबाट आयात हुने ईभीमा १०० प्रतिशत कर लगाउने क्यानडाको घोषणा

 संवाददाता    ११ भाद्र २०८१, मंगलवार १३:२०     9 जनाले पढ़िसके



Spread the love

काठमाडौं । क्यानडाले चीनमा बनेको इलेक्ट्रोनिक गाडी (ईभी)को आयातमा १०० प्रतिशत शुल्क (कर) लगाउने घोषणा गरेको छ । स्टील र आल्मुनियमको आयातमा पनि २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ ।

यो अमेरिका र युरोपीय युनियनले लगाएको शुल्क समान हो । अमेरिकाले मेमा चीनबाट आयात हुने ईभीको कर चार गुणा बढाएर १०० प्रतिशत पुर्‍याएको थियो ।

लगतै ईयूले पनि चीनबाट आयात हुने ईभीमा ३६.३ प्रतिशतसम्म शुल्क लगाउने घोषणा गर्‍यो ।

क्यानडाले पनि त्यससँग मिल्ने गरी शुल्क तोकेको हो । ईभीमा बढेको शुल्क १ अक्टोबरबाट तथा स्टील र आल्मुनियमको शुल्क १५ अक्टोबरबाट लागू हुनेछ ।

क्यानडाले तोकेको नयाँ शुल्क चीनको सांघाईमा उत्पादन हुने टेस्लाको गाडीमा समेत लागू हुनेछ ।

चीनले भने क्यानडाले विश्व व्यापार संगठनको नियमको उल्लंघन गरेको भनेको छ ।