पेरिस पारालिम्पिक बुधबारदेखि, नेपालबाट ३ खेलाडीले प्रतिस्पर्धा गर्दै

 संवाददाता    ११ भाद्र २०८१, मंगलवार १३:०७     4 जनाले पढ़िसके



Spread the love

काठमाडौं । पेरिस पारालिम्पिक बुधबारदेखि फ्रान्सको पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिक सकिएपछि अहिले फ्रान्समा पेरिस पारालिम्पिकको रौनक छ ।

जसमा नेपालबाट दुई खेलका तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिकमा सहभागितामै सीमित भएको नेपालले पारालिम्पिकमा भने पदक जित्ने लक्ष्य राखेको छ ।

नेपालबाट पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोका पलेशा गोबर्धन र भरतसिंह महता तथा पारा पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गर्दैछन् ।

पलेशाले तेक्वान्दोको के-४४ अन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् भने भरतले के-४४ अन्तर्गत पुरुष ५८ केजीमुनि तौलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै भीमले पौडीको पुरुष ५० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।