रामेछाप लेकखर्क पहिरोमा ६ जनाको शव फेला पर्‍यो, ४ अझै बेपत्ता

 संवाददाता    ९ भाद्र २०८१, आईतवार ०९:४०     28 जनाले पढ़िसके



Spread the love

एक जना बालकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्।

शनिबार राति अविरल वर्षापश्चात् पौने १२ बजेतिर आएको पहिरोले पाँच घर पूर्णरूपमा बगाएको प्रजिअ निरौलाले बताइन्। थप पाँच घर क्षतिग्रस्त अवस्थामा छन्।

३० घरधुरी रहेको उक्त बस्ती नै जोखिममा परेको निरौलाको भनाइ छ। लेदोसहितको पहिराले ढोइगाउँ खोलाको पुलसमेत बगाएको छ। गत वर्षमात्रै निर्माण सम्पन्न भएको उक्त पुल करिब ३ करोड लागतमा तयार भएको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ का सदस्य लालबहादुर थापा मगरले जानकारी दिए।

मृत्यु भएकामध्ये दुई जनाको मात्रै सनाखत भएको छ। पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ।

‘घटनास्थल गाउँपालिकाको केन्द्रबाट पनि दुई घण्टाको दूरीमा भएकाले हामी पुग्दैछौं। उद्धारलाई नै पहिलो प्राथमिकतामा राखेका छौं। घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिसकिएको छ,’ प्रजिअ निरौलाले बताइन्।