सुनको मूल्य तोलामा ११ सयले घट्यो

 संवाददाता    ६ भाद्र २०८१, बिहीबार १९:४०     28 जनाले पढ़िसके



Spread the love

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो। यस्तै, चाँदीको मूल्य प्रतितोला पाँचले कम भई आज एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको छ ।