रास्वपाको केन्द्रीय समिति बैठक जारी, स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल हुने

 संवाददाता    ५ भाद्र २०८१, बुधबार ११:००     28 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल हुने बताइएको छ ।

साथै केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, राष्ट्रिय भेला, कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम, सङ्गठन निर्माणसम्बन्धी कार्यविधि संशोधन र केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धीबारे छलफलको प्रस्तावित एजेन्डा छ ।

यस्तै, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रम, भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतीकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफलका साथै केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।