सबै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउन सक्ने आत्मविश्वास काँग्रेससँग हुनुपर्छः गगन थापा

 संवाददाता    ४ भाद्र २०८१, मंगलवार १८:१४     42 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले आगामी चुनावमा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्न सक्नुपर्ने बताएका छन् ।

रुपन्देहीको भैरहवामा पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रतिनिधि सभाका १ सय ६५ क्षेत्रमा कांग्रेसले चुनावी तालमेल नगरी उम्मेदवार खडा गर्ने आत्मविश्वास हुनेपर्ने बताएका हुन् । उनले भने, ‘सबै निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाउँछ । ४० प्रतिशत भन्दा बढी मत ल्याएर पाँच वर्ष एक्लै सरकार चलाउँछ । त्यति आत्मविश्वास नराख्ने ?’

कांग्रेस कार्यकर्ताले पार्टीमाथि लागेका आरोप चिर्न नसकेको भन्दै उनले आरोप चिर्न नसके यो गठबन्धन भ्रष्टाचारीलाई ढाकछोप गर्न बनेको भन्ने भाष्य निर्माण हुन सक्ने टिप्पणी गरे । सबै भ्रातृ संस्थालाई व्यवस्थापन गर्ने गरी भोलि वा पर्सिसम्ममा पार्टीबाट निर्देशक समिति बनाउने थापाले जानकारी गराए ।