परराष्ट्रमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट

 संवाददाता    ४ भाद्र २०८१, मंगलवार ११:१८     9 जनाले पढ़िसके



Spread the love

नयाँदिल्ली । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । भारत भ्रमणमा रहेकी देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छिन् ।

परराष्ट्रमन्त्री देउवाले भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरेको बताएकी छिन् । भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर र सुरक्षा सल्लाहकार अजित डोभललगायत थिए ।