परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्रीबीच हैदराबाद हाउसमा भेटवार्ता

 संवाददाता    ३ भाद्र २०८१, सोमबार १९:३०     40 जनाले पढ़िसके



Spread the love

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच सोमबार भेटवार्ता भएको छ।

दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदान–प्रदानका विषयमा छलफल भएको छ।

भ्रमणबाट सदिऔँ पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा गरेको परराष्ट्रमन्त्री राणाले भेटपछि फेसबुकमा उल्लेख गरेकी छिन्।

भेटमा भारतका लागि कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापा, परराष्ट्रका सहसचिव भृगु ढुंगाना, नेपाली दूतावासका इकोनोमिक काउन्सिलर दुरपदा सापकोटालगायत सहभागी थिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम छ।