ललितपुरमा ४१ जनामा देखियो हैजा

 संवाददाता    ३ भाद्र २०८१, सोमबार १६:५८     46 जनाले पढ़िसके



Spread the love

काठमाडौं । ललितपुरमा ३१ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभर ५५ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी ललितपुरमा फेला परेको हो ।

यस्तै कैलालीमा ८, प्युठान र काठमाडौंमा ४ जनामा संक्रमण पुष्टि भएको छ । इडीसीडीका अधिकारीका अनुसार हैजा भित्रभित्रै फैलिरहेको छ । पछिल्ला दिनमा बढ्दै गएका हैजा संक्रमित विभिन्न ठाउँमा देखिनुले भित्रभित्रै संक्रमण फैलिरहेको पुष्टि हुन्छ ।

संक्रमितले प्रयोग गरेका धारा र इनारको पानी, ट्यांकरको पानी लगायतमा हैजाका जीवाणु देखिरहेका छन् । पानी नै हैजा सार्ने प्रमुख माध्यम बनेको छ ।

हैजा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन सामान्यतया झाडापखालाजस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुने बताउँछन् ।