विभिन्न स्थानमा हैजा संक्रमण फैलंदो सचेत हुन विज्ञको आग्रह

 संवाददाता    २७ श्रावण २०८१, आईतवार १८:१४     26 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं उपत्यकासँगै देशका विभिन्न स्थानमा हैजा संक्रमण फैलँदो क्रममा छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार यसवर्ष ४७ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।

महाशाखाका अनुसार ललितपुरमा मात्रै ३४ जनामा संक्रमण देखिएको छ । यस्तै कैलालीमा ८, प्युठान र काठमाडौंमा २–२ जना र रुपन्देहीमा १ जनामा संक्रमण पुष्टि भएको छ । तर हालसम्म अस्पतालमा भने कोही उपचाररत छैनन् ।

इडिसिडीका अनुसार हैजा भित्रभित्रै फैलिरहेको छ । पछिल्लो दिनमा बढ्दै गएका हैजा संक्रमित विभिन्न ठाउँमा देखिनुले भित्रभित्रै संक्रमण फैलिरहेको पुष्टि हुन्छ ।

संक्रमितले प्रयोग गरेका धारा र इनारको पानी, ट्याङ्करको पानी लगायतमा हैजाका जीवाणु देखिरहेका छन् । इडिसिडीका अनुसार पानी नै हैजा सार्ने प्रमुख माध्यम बनेको छ ।

हैजा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सामान्यतया झाडापखालाजस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुने बताउँछन् ।

उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । डा. पुनका अनुसार हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् । ‘फोहोर पानी वा तलाउमा हैजाको जीवाणु रहिरन्छ । वर्षाको समयमा धेरै पानी पर्दा खानेपानीमा पुग्छ,’ डा. पुन भन्छन्, ‘खानेपानीको माध्यमबाट मानिसमा हैजा फैलिरहेको छ ।’

महसुस हुने आदि लक्षण देखिन्छन् ।

गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने विज्ञ बताउँछन् ।

यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजनको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो ।

हैजाबाट बच्न शौचालयमा मात्रै दिशा पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन पानीले हात धुने, खाना बनाउनु अघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने चिकित्सकको सुझाव छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजा फैलिने जोखिम बढेको भन्दै सरकारले विभिन्न माध्यममार्फत सर्वसाधारण मानिसलाई खानेपानीबारे सजग रहन आग्रह गरेको छ ।

हैजा वा झाडापखाला लाग्नबाट बच्न पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा तीन थोपा तरल क्लोरिन मिसाएर मात्रै पिउन विज्ञहरूले सुझाव छ ।