मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

 संवाददाता    २० श्रावण २०८१, आईतवार १५:२६     18 जनाले पढ़िसके



Spread the love

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।

कांग्रेस र एमाले सांसदहरूको समर्थनमा शाहले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाहले दाबी पेस गरेका हुन्।

यसअघि कांग्रेस–एमालेको गठबन्धन बनेसँगै अल्पमतमा परेका एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएका थिए।