“बिस्ताराले पोल्यो” गीत विवादमा, गायिका परियारले मागिन् माफी

 संवाददाता    १७ श्रावण २०८१, बिहीबार १७:०६     17 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । पछिल्लो समय अत्यन्तै सुनिने आवाजभित्र पर्छ गायिका शान्ति श्री परियारको आवाज। नेपाली सांगीतिक क्षेत्रमा डेढ दशकभन्दा लामो समय बिताएकी परियारले २००० भन्दा धेरै गीतहरूमा आवाज भरिसकेकी छिन्।

दर्शक श्रोताको मनमुटुमा बस्न सफल गायिका परियारको पछिल्लो समय सार्वजनिक भएको गीत “बिस्ताराले पोल्यो” ले भने केही विवाद र आलोचना खेपिरहेको छ। गीतका शब्दभन्दा पनि त्यसमा निर्माण भएको भिडियोलाई लिएर धेरैले आलोचना गरिरहेका छन्।

यसैबीच गायिका शान्ति श्री परियारले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय सार्वजनिक भएको गीत “बिस्ताराले पोल्यो” ले दर्शक श्रोताको भावनामा चोट लाग्न पुगेको भन्दै सो प्रति क्षमा मागेकी छिन्। साथै उनले विज्ञप्तिमा सो गीत तीज गीत नभएको समेत उल्लेख गरेकी छिन्।

साथै, उनले आगामी दिनमा गीतहरू गाउँदा गीतका शब्दहरूलाई समेत अझ बढी संवेदनशील भएर अध्ययन गर्ने वाचा गरेकी छिन्।