सीता र पूर्णको मौलिक तीज गीत “माइती घर” सार्वजनिक

 संवाददाता    १७ श्रावण २०८१, बिहीबार १६:५६     31 जनाले पढ़िसके



Spread the love

काठमाडौं। अहिले नेपाली लोकदोहोरी, विशेष गरी तीजका गीतहरूले, निकै आलोचना खेपिरहेका छन्। तीजका गीतहरू तीजको मौलिक भाव बोकेका छैनन् र छाडा छन् भन्ने आलोचना भइरहेका बेला केही यस्ता गीतहरू पनि सार्वजनिक भइरहेका छन् जसले नेपाली तीजको मौलिक भावलाई समेटेका छन्।

यस्तै बागलुङका युवा सर्जक पूर्ण परियारले निकै मौलिक र उत्कृष्ट तीज गीत ‘माइती घर’ भर्खर मात्र सार्वजनिक गरेका छन्। यस वर्ष सार्वजनिक भएका गीतहरूमध्ये केही मात्र मौलिक र सबै पक्षमा उत्कृष्ट रहेका छन्, र यो गीत पनि त्यही सूचीमा पर्ने देखिन्छ। गीतले एक चेलिको लागि माइती घर कति प्यारो हुन्छ भन्ने कुरा गीत र भिडियोमार्फत देखाउन खोजिएको छ। सीता परियारको आवाज रहेको यस गीतको शब्द तथा लय सिर्जना पूर्ण परियार आफैंले गरेका छन्। गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेका छन्। गीतलाई कृष्ण केसीले संगीत संयोजन गरेका छन्।

यता म्युजिक भिडियोको निर्देशन विशाल घिमिरेले गरेका छन् भने स्मारिका ढकाल र पूर्ण परियारको गीतमा उत्कृष्ट अभिनय देख्न सकिन्छ।

‘माइती घर’ तीज गीतले नेपाली तीजको मौलिकता र भावनालाई उजागर गर्दै दर्शकको मन जित्न सफल भएको छ।