अब धनगढी बासीलाई निशुल्क रगत

 सुदुर पश्चिम प्रदेश     १६ श्रावण २०८१, बुधबार ०७:२१     15 जनाले पढ़िसके



Spread the love
कैलाली । धनगढी उपमहानगरभित्र स्थायी रुपमा बसोबास गर्नेले अब नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र कैलाली शाखाबाट निःशुल्क रगत पाउने भएका छन्।

उपमहानगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ सहज र निःशुल्क उपलब्धत गराउन आज धनगढी उपमहानगरपालिका र रेडक्रस शाखा धनगढीसँग सम्झौता गरिएको छ । चालु आर्थिक वर्षका लागि उपमहानगर र रेडक्रस शाखा धनगढीले निःशुल्क रगत पाउने सम्झौता गरिएको हो।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र रेडक्रस कैलालीका सभापती बासुदेव बिनाडीले निशुल्क रगत पाउने सम्झौता गरेका छन ।

सम्झौताअनुसार धनगढी उपमहानगरभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत पाउने छन्।