महिला एसिया कपकाे फाइनल आइतबार,फाइनलमा भारत र श्रीलंका

 संवाददाता    १२ श्रावण २०८१, शनिबार ०८:२६     27 जनाले पढ़िसके



Spread the love

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको हो ।

यसअघि पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै महिला एसिया कपमा नवौं पटक फाइनलमा पुगिसकेको छ। रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको शानदार जित निकालेको हो ।

सुरुमा ब्याटिङ गरेको बंगालदेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा बिना विकेट भेट्टाएको हो । भारतका स्मृति मन्धनाले ५५ रनको शानदार अर्धशतक बनाइन् भने सफाली वर्माले २६ रन जोडिन् ।

यता प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा भने श्रीलंकाले कठिन जित निकालेको हो ।
आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार दिउँसो ३स्१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा सुरु हुनेछ ।

दुई समूहमा विभाजन गरिएका आठ टिम मध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल भेट पक्का गरेका हुन् । प्रतियोगितामा सहभागी भएको नेपाल भने समूह चरणबाटै बाहिरिएको छ ।