सौर्यको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन शाक्यको अवस्था सुधारोन्मुख

 संवाददाता    ११ श्रावण २०८१, शुक्रबार १५:५५     25 जनाले पढ़िसके



Spread the love

सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका क्याप्टेन मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष (आइसियू) बाट बाहिर निकालिएको छ।

क्याप्टेन शाक्यलाई बिहीबार साँझ आइसियूबाट बाहिर निकालिएको अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिइन्।

उनकाअनुसार क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार देखिएको छ।

‘उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख छ, उहाँ अहिले क्रिटिकल हुनुहुन्न। त्यसैले हिजो साँझ नै हामीले आइसियूबाट बाहिर निकालेका छौं,’ उनले भनिन्।

शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हड्डी र देव्रे पट्टी तीन वटा करंगहरू भाँचिएको थियो।

क्याप्टेन शाक्य बोल्न सक्छन्। उनले जहाज दुर्घटनाबारे डा। थापासँग पनि कुराकानी गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट जहाज उडाएर ५०-१०० फिटमाथि पुर्‍याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन शाक्‍यको भनाइ थियो।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लागेको जहाज केहीबेरमै दुर्घटनामा परेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन शाक्यमात्रै बाँचेका थिए।

‘जहाज उडाउन कोसिस गर्दै थिएँ, ५०-१०० फिट माथि गएको थियो। त्यसपछि कन्ट्रोल गर्न सकिनँ,’ क्याप्टेन शाक्यले बताएको कुरा उद्धृत गर्दै निर्देशक डा. थापाले भनेकी थिइन्, ‘छिनमै जहाज तल झर्‍यो, मचाहिँ कता-कताबाट बाहिर निस्किएँ।ु