भारतमा आतंकवादी हमला, सेनाका क्याटेनसहित ४ जना मारिए

 #अन्तरास्ट्रिय     १ श्रावण २०८१, मंगलवार ११:४२     32 जनाले पढ़िसके



Spread the love

पछिल्लोपटक गएराति भएको आक्रमणमा सेनाका एक क्याप्टेनसहित ४ जनाको मृत्यु भएको छ। एक जना घाइते छन्। राष्ट्रिय राइफल्स र जम्मु–कश्मीरले जारी राखेको सर्च अपरेशनका क्रममा आतंकवादी आक्रमण भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

गएराति ९ बजे भएको घटनामा ५ सुरक्षाकर्मी गम्भीर घाइते भएको र चार जनाको उपचारका क्रममा मृत्यु भएको हो। अधिकारीहरुका अनुसार ३४ दिनको बीचमा भएको यो पाँचौ आक्रमण हो। गत ११ जुनमा डोडा भद्रवाह पठानकोट मार्गमा एक चेकपोष्टमा आक्रमण भएको थियो। जसको जिम्मेवारी कश्मीर टाइगर्स समूहले लिएको थियो।

त्यसपछि १२ जुनमा डोडाकै गन्डोह क्षेत्रमा आक्रमण भएको थियो। त्यसैगरी २६ जुनमा पनि डोडाको गन्डोह क्षेत्रमा आक्रमण भएको थियो भने ९ जुलाईमा डोडाकै गढी भगवा क्षेत्रमा आक्रमण भएको थियो।

समाचारहरुका अनुसार पछिल्लो पटक ८ जुलाईमा जम्मु कश्मीरको कठुवा जिल्लामा आतंकवादी आक्रमण भएको थियो जसमा ५ सैनिक मारिएका थिए। लगातार आतंकवादी आक्रमण भएपछि सुरक्षा गस्तीसमेत वृद्धि गरिएको भारतीय अधिकारीहरुको भनाइ छ।