कांग्रेस जिल्ला सभापती सुरेन्द्र प्रसाद सिंह सर्लाही काठमाडौं सम्पर्क समितिद्दारा सम्मानित

 सर्लाही     १९ जेष्ठ २०८१, शनिबार २१:४५     185 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ, कांग्रेस सर्लाहीका सभापती आज नेपाली कांग्रेस सर्लाही काठमाण्डौ सम्पर्क समितीद्दारा आयोजित कार्यक्रममा सम्मानित भएका छन।

उनलाई आज समितिको कार्यालय धुम्बाराहीमा एक कार्यक्रमका विच सम्मान तथा परिचयात्मक कार्यक्रम गरिएको हो। कार्यक्रममा सर्लाही काठमाडौं सम्पर्क मंचका सभापति दान बहादुर बुढाथोकीले खादा माला लगाई सिंहलाई सम्मान गरेका थिए।

उनलाई गत निर्वाचनमा जिल्लाका २० पालिका मध्ये १२ पालिकामा नेपाली कांग्रेसलाई जिताएको भन्दै सम्मनित गरिएको थियो।

उनी क्षेत्र नं ४ का मात्र जनताका सुखदुखका साथी नभई हरेक क्षेत्रका जनताको सुख:दुखमा सबभन्दा पहिला पुगी मद्दत गर्ने नेताका रुपमा जिल्लाभर परिचित रहेका छ्न।

केही दिन अघिमात्र सर्लाही कांग्रेसका केही व्यक्तिहरु सुरेन्द्र प्रसाद सिंहलाई सभापति पदबाट हटाउनुपर्छ भन्दै आएका थिए नि भन्ने प्रश्न हामीले प्रदेेश सभा सद्स्य तथा मधेस प्रदेेेशका पुर्व स्वास्थ्य मन्त्री विरेन्द्र प्रसाद सिंहका स्वकीय निकेश त्रिपाठीलाई सोधेका थियौं।

उनले` अदालतको पुर्णपाठ नआउंदै उनलाई अपमानित गर्ने काम जसरी भइरहेको छ यसको हामी घोर बिरोध गर्दछौं। यस किसिमको हर्कत बढ्दै गए तरुण दलको नेताको हैसियतमा उनले आगो बाल्न पछि नपर्ने बताए। सुरेन्द्र प्रसाद सिंह सर्लाहीमा निर्वाचित सभापती हो वहांलााई कसैले टीका लगाएर सभापति बनाइदिएको हैन त्यसैले यस्ता कुराले हाम्रो सभापतिलाई अपमानित गर्न नपाइने र चरित्र हत्या गर्न नपाइने उनले´ बताए।

सम्मान कार्यक्रममा सहभागीहरुको बाक्लो उपस्थिती रहेको उनले बताए।