अन्तरास्ट्रिय अटिजम अध्ययन सोसाइटी (INSAR) द्दारा डा. सुनिता मलेकु अमात्य सम्मानित

 स्वास्थ्य     ४ जेष्ठ २०८१, शुक्रबार ०८:५०     62 जनाले पढ़िसके



Spread the love

२०२४/०५/१५ देखि १८ सम्म अस्ट्रेलियाको मेलवर्नमा चल्ने अन्तरास्ट्रिय अटिजम अध्ययन सोसाइटी(INSAR)को सम्मेलनले अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा. सुनिता मलेकु अमात्यलाई अन्तरास्ट्रिय अटिजम अध्ययन सोसाइटी (INSAR) को अनुसन्धान तथा बहस अवार्डबाट सम्मानित गरेको छ ।

यो सम्मान अटिजम प्रभावित समुदायका सदस्य तथा अटिजमको क्षेत्रमा काम गरेर अटिजमको बारेमा सचेतना,अध्ययन र अनुसन्धान बापत प्रदान गर्ने गरिन्छ।

डा. सुनिता मलेकु अमात्यले अटिजम को बारेमा गरेको अध्ययन अनुसन्धानले नेपालको अटिजमको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मानबाट सम्मानित गरेको उक्त संस्थाले जनाएको छ।

उनी हाल नेपाल क्यान्सर हस्पिटल हरिसिद्दिमा कार्यरत छिन। आफ्नो बच्चा पनि अटिजम बाट प्रभावित भएको थाहा भएपछी उनले आफ्नो व्यस्त एनेस्थेटिस्ट डाक्टर जिवनशैली बाट समय व्यवस्थापन गर्दै अटिजम बाट नेपालमा प्रभावित बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी थिइन।

उनले अटिजम प्रभावित बालबालिका र अभिभावकलाई समेट्न यसबारे सचेतना जगाउन अटिजम केयर नामक गैरनाफामुलक संस्था समेत संचालन गरेकी छन।

जसले यसबाट प्राभावितलाई मात्र नभई अन्यकेयर सेन्टर संचालन गर्नेहरुलाई पनि तालिम प्रदान गर्ने गर्दछ।

अटिजम प्रभावित उक्त संस्थाले यस किसिमको सम्मान सन २०११ देखि सुरु गरेको हो। यो अवार्ड २०११ मा पोर्टिआ इवर्सन,एरिक लन्डन,कारेन लण्डन र जो शेस्टाकले २०१२ मा टेम्पल ग्रान्डिन,२०१३ मा डेम स्टेफिन शिर्ले,२०१४ मा पिटर बेल,२०१५ मा मेरि बरुवा,२०१६ मा थोमस इन्सेल,२०१७ मा अलिसन सिंगर,२०१९ मा डेबोराह हिलिब्राण्ड, २०२१ मा जोह्न ए रोबिन्सन,२०२२ मा जेम्स एच साइमन्स र मारिलिन हावरिस साइमन्स, २०२३ मा हाराल्ड निरल्यान्ड र २०२४ मा पिटर मुन्डी(लाइफटाइम एचिभमेन्ट अवार्ड) र डा. सुनिता मलेकु अमात्यले(अनुसन्धान तथा बहस अवार्ड) प्राप्त गरेकी हुन।

उक्त सम्मानको प्रशंसा गर्दै अटिजम केयर नेपालले डा. सुनिता मलेकु अमात्यलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।