अनलाईन सट्टेबाजी“1XBET का एजेन्ट पक्राउ, भुक्तानी प्रदायक मौन, राष्ट्र बैंक निरिह

 #अपराध     ३ बैशाख २०८१, सोमबार ०८:२७     61 जनाले पढ़िसके



Spread the love

बिश्वमा संचालन हुने बिभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने Betting Application 1XBET मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, Crypto currency Trade गर्ने सक्रिय Agent हरु रहेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धानबाट खटिएको अनुसन्धान टोलिले मिति २०८०।१२।२९ गते सर्लाही जिल्लाको बिभिन्न स्थानबाट विभिन्न ब्यक्तिहरुलाई पक्राउ गरेको छ।

उनीहरुले बिभिन्न मोबाईल नम्बरहरुबाट २१ वटा Connect IPS Account खोली ९८ वटा बैकका खाताहरु Linkup गरी हाल सम्म रु. ५७,४१,५७,१४७।- (सन्ताउन्न करोड, एकचालिस लाख, सन्ताउन्न हजार, एक सय सतचालिस) बराबरको कारोबार गरेको खुल्न आएकोले निजहरुलाई नेपालको प्रचलित कानुन बमोजिम मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुर) अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, काठमाण्डौंमा पठाएको जनाएको छ ।

यस्तै प्रहरीको अनुसन्धान कारोबारीहरु तर्फमात्र सोझिने गरेको छ तर हामीलाई प्राप्त सुचना तथा हाल प्रचलनमा हेर्दा यसमा नेपालका सबै भुक्तानी प्रदायकको मिलेमतो देखिन्छ। त्यति मात्र नभई यस्तो कार्यमा निजी दुरसंचार संस्था एनसेलको पनि संलग्नता देखिने यथेष्ट आधारहरु रहेको देखिन्छ तर अनुसन्धान अधिकारीहरुले कारोबारीहरु मात्र पक्राउ गरी अनुसन्धान गर्नाले यसको जालो अन्त्य हुने सम्भावना न्यून छ।

त्यस्ता सट्टेबाजी कम्पनीले नेपाली एजेन्ट तयार गरेका छन। जसले भिन्न भिन्न भुक्तानी प्रदायकको सेवा लिएर बेट्टिङ्गमा सहभागी हुने व्यक्तिहरुलाई भुक्तानी लिने दिने गर्दछन जसमा सतप्रतिशत एनसेलको सिमकार्ड प्रयोग भइरहेका छन भने अधिकांश भुक्तानी प्रदायकहरुको मिलेमतो को आधारहरु रहेको छ। किनभने अधिकांश भुक्तानी प्रदायकको खाता बनाउंदा प्रयोग हुने नम्बर मात्र भुक्तानीका लागि प्रयोग भइरहेका छन ती नम्बरहरुमा सम्पर्क गर्दा कुनै पनि नम्बरमा फोन सम्पर्क हुंदैनन् अर्थात ती नम्बर भुक्तानी प्रदायकको खाता संचालन गर्न मात्र प्रयोग भएका हुन।

यस्ता भुक्तानी प्रदायकमा इसेवा,खल्ती,कनेक्ट आइपिएस,आइएमइ पे, सेलपे, क्यास एप,आइ क्यास लगायत छन। सबै भुक्तानी प्रदायकले नियन्त्रण गर्न चाहने हो भने यो सट्टेबाजीको कारोबार २४ घण्टाभित्रै नियन्त्रण हुनसक्ने प्रविधिका जानकारहरु बताउँछन।

माथिल्लो लहरमा नेपालका भुक्तानी प्रदायक

यदि कारोबारमा निगरानी राखेर प्रहरीसंग भुक्तानी प्रदायक र दुरसंचार सेवा प्रदायकले सहयोग गर्ने हो भने २/४ दिनमै यसको जालो सम्पुर्ण रुपमा भत्किने एक प्रविधी जानकारले महेन्द्रमाला खबरलाई बताए। यहाँ केही स्थानीय एजेन्ट नियुक्त गरेर स्थानीयरुपमा पैसा लिने दिने व्यवस्था त्यस्ता बेटिङ्ग कम्पनीले गरेका छन त्यही कारण भुक्तानी प्रदायकहरुलाई पनि आफ्नो व्यवसाय कारोबारको आधारमा फस्टाइरहेको अवस्थामा यस्तो किसिमको धन्दा बढ्दै गइरहेको छ।

त्यसैले यस्ता विषयमा भुक्तानी प्रदायकको नियमन निकाय राष्ट्र बैंकले यस कुरालाई सुपरीवेक्षण गर्न अत्यन्त जरुरी छ। अन्यथा हुन्डी कारोबार भन्दा डरलाग्दो गरि पैसा अवैध बाटो बाट विदेशिएको छ। बेला बेलामा समातिने २/४ कारोबारीबाट मात्र यसको नियन्त्रण असम्भव छ।