गायक तथा संगीतकार सागर अधिकारीको विश्व किर्तिमान

 कला तथा मनोरन्जन     ६ चैत्र २०८०, मंगलवार १४:३२     150 जनाले पढ़िसके



Spread the love

विश्वको‌ सवैभन्दा उचाइमा रहेको‌ तिलिचो ताल भन्दा केहि माथि ५१०५मीटर १६,७४८ फिट २ इन्चको उचाइमा वाद्य वादन टोलि सहित सागर अधिकारीको प्रत्यक्ष गायन(LIVE SINGING) ले GUINNESS WORLD RECORD राख्न सफल भएको छ। जसमा विश्व किर्तिमानी श्रष्टा गीतकार डा.डी.आर.उपाध्यायको शव्द रचना ,संगीतकार सन्तोष श्रेष्ठको संगीत र सागर अधिकारीको एकल गायन रहेको‌ थियो साथै सोही गीतको म्यूजिक भिडियो समेत छायांकन गरिएको थियो जसमा माइकल चन्दको निर्देशन,पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय साथै उत्सव दाहालको छायाँकन र सिलन लम्सालको सम्पादन रहेको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल ले यस रेकर्डमा संलग्न सबैलाई बधाई तथा शुभकामना दिएका थिए।
करिव २ दशक देखि संगीतको गायन तथा संगीतमा निरन्तर लागिरहेका अधिकारीले संगीतको‌ औपचारिक अध्ययन शाश्त्रिय संगीतमा गायनतर्फ स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन्।

२०५७ सालमा डा.गोविन्द आचार्यको संगीत अनि रन्जना रजौरे,यशोदा न्यौपानेको शव्दमा उनको पहिलो आधुनिक रेकर्डिङ्ग संगै २०५८ सालदेखि निरन्तर यस क्षेत्रमा लागिरहेको र हालसम्म विभिन्न विधा र शैली आधुनिक गीत,गजल ,पप भजन गरी २५० भन्दा बढी गीतमा संगीत तथा गायन सम्पन्न भइसकेको छ।
२०६९ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गायनमा दोस्रो भएका सागरले २०७० सालमा राप्ती समाज काठमान्डौ द्वारा आयोजित पहिलो राष्ट्रव्यापी गायनमा प्रथम भएका थिए ।

त्यसैगरी थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार सम्मान प्राप्त गर्न सफल भएका जसमध्ये विशेषत: विश्वकिर्तिमानी गीतकार,श्रष्टा डा.डी.आर उपाध्याय जस्ले हालसम्म सयौं गीत/करिव डेढ दर्जन उपन्यास लगायत १३३ विश्व रेकर्ड राख्न सफल व्यक्तित्व जो विश्व रेकर्डमा विश्वको दशौं स्थान भित्र पर्न सफल छन ।

उनिसंग जोडिएर दर्जनौ सृजनामा सहकार्य साथै २ दर्जन बढी विश्व रेकर्ड संग जोडिएका America book of records, world book of records UNITED KINGDOM, European Records book ,GUINNESS WORLD RECORDS मा सहकार्य गर्दै हालै सम्पन्न यस GUINNESS WORLD RECORDS प्राप्त गर्न सफल भएका छन ।

अधिकारीले तिलिचो ताल सम्म पुग्न अत्यन्तै कठिन यात्रा रहेको र त्यहाँ पुगेर प्रत्यक्ष गायन अझै धेरै कठिन रहेको अनुभव सुनाउँदै सहकार्यमा जोडिनु भएका सम्पूर्णमा आभार व्यक्त गर्दै यस ऐतिहासिक कार्यका नायक डा.डी.उपाध्याय प्रति हृदयदेखि आभार प्रकट गरेका छन्।