अमरेश सिंहको संरक्षणमा संचालनमा रहेको अवैध स्टार सिटि हेल्थ केयर बन्द गर्न परिपत्र

 मधेश प्रदेश     १६ फाल्गुन २०८०, बुधबार २२:४३     98 जनाले पढ़िसके



Spread the love

अवैध रुपमा संचालित स्टार सिटी हेल्थकेयर प्रा.लि बरहथवा नपा-३ पथलैया चोकमा संचालनमा रहेको अस्पताल बन्द गर्न मधेश प्रदेश स्वास्थ्य मन्त्रालयले बरहथवा नगरपालिका र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ।यसका संचालक राम उदेश महतो रहेका छन। हिजो संयुक्त अनुगमनमा पुगेको जिल्ला स्वास्थ्य कार्यालय,नगर स्वास्थ्य शाखा र मधेश प्रदेश स्वास्थ्य मन्त्रालयले भवन लगायतको मापदण्ड नपुगेको, विशेषज्ञ डाक्टर नभई सिएमए रहेको, फार्मेसी सिएमएले संचालन गरेको, औषधि म्याद गुज्रिएको फेला परेको थियो। यस्तै संचालकले संसद अमरेस सिंहको संरक्षणमा उक्त संस्था अवैध रुपमा संचालन गरेको खुलेको छ। यसरी जनस्वास्थ्यको विषयमा गम्भीर लापरबाहीले भविष्यमा जनताको स्वस्थ्यमा ठुलो खेलवाड गरिएको देखिन्छ जसमा स्थानीय पालिकाको ध्यान नपुग्नु गम्भीर रहेको छ।