मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रको अवस्था सुदृढ बन्दै, विचौलियाहरु अत्तालिदै

 मधेश प्रदेश     १४ फाल्गुन २०८०, सोमबार १८:४८     37 जनाले पढ़िसके



Spread the love

धनुषा, बर्षौं बर्ष देखि मधेश प्रदेशमा स्वास्थ्यको स्तर निकै तल खस्किसकेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेपछि विरेन्द्र प्रसाद सिंह स्वास्थ्यमन्त्री भएर आएपछि आमूल परिवर्तन तर्फ अघि बढिरहंदा केही बिचौलियाहरु अत्तालिएर नकारात्मक सन्देशहरु फैलाउनमा व्यस्त रहेको पाइएको छ।
मधेश प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेशको आठै जिल्लाका प्रादेशिक अस्पतालहरुको स्तरन्नोती गरेर प्रादेशिक अस्पताललाई एक सय शैयाको अस्पताल बनाउने अभियान अन्तर्गत विभिन्न उपकरण, दक्ष जनशक्ति, औषधी लगायतका व्यवस्थापनका कार्यहरुमा आमूल परिवर्तन गरिएका छन ।
स्वास्थ्यमन्त्री सिंहको अथक प्रयास र मेहनतको साथै विशेषज्ञहरुको राय लिई आमूल परिवर्तनका पथमा अघि बढ्दै गरिव निमुखा जनताहरुलाई निजी अस्पतालमा लुटिंनु पर्ने अवस्थाबाट मुक्ति दिलाउने कार्यलाई देखेर केही विचौलियाहरु अनावश्यक रुपमा उनको पछि लागिपरेको उनका स्वकीय सचीव निकेश त्रिपाठीले गुनासो गरे ।
यस्तै जनकपुरधाम स्थित मधेश प्रदेश स्वास्थ्य प्रतिष्ठान भित्र रहेका अस्पतालहरुबाट विरामी ओसार्नेलाई स्वास्थ्य मन्त्री सिंह आफैले समातेर प्रहरीको जिम्मा लगाई कारवाही गराइएपछि त्यस्ता विचौलियाहरु उनको बदनाम गराउदै हिंडेको उनले बताए ।
यसअघिका सरकारमा युवा तथा खेलकुद मन्त्री हुँदा सिंहले विभिन्न स्थानहरुमा खेलकुदका सामग्रीहरु वितरण गर्नुका साथै उल्लेखनिय कार्य गरेका थिए । अहिले मधेश प्रदेशको सरकारमा अत्यन्तै क्रियाशिल रहेका मन्त्री सिंहका स्वकीय सचीव निकेश त्रिपाठी भन्छ्न यस्ता विचौलियाहरुको प्रचारबाजीबाट कुनै फरक नपर्ने तथा मन्त्री ज्युले पाएको जिम्मेवारी पूर्ण इमानदारीका साथ पुरा गर्ने तथा सातै प्रदेशमा मधेश प्रदेशलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट प्रदेश बनाउने मन्त्री ज्युको लक्ष्य नै रहको छ ।
प्रादेशिक अस्पताललाई व्यवस्थित बनाउन चाहिने उपकरणहरु खरिद प्रक्रिया पूर्ण रुपमा पारदर्शी गर्नका निमित्त सार्वजनिक खरिद अन्तर्गत इ विडिंग प्रक्रियाको थालनी गराएकोमा त्यस्ता विचौलियाहरुले मापदण्डहरु पुरा गर्न नसक्ने भएपछि अनाधिकृत रुपमा विना जानकारीको स्टण्टबाजीले मन्त्री सिंह लाई केही फरक नपर्ने मन्त्री सिंहका स्वकीय सचीव निकेश त्रिपाठिले बताएका छन ।