भ्रामक समाचारप्रती मधेशका स्वास्थ्यमन्त्री सिंह र उनको सचिवालयद्दारा खण्डन

 मधेश प्रदेश     १२ फाल्गुन २०८०, शनिबार १५:५६     74 जनाले पढ़िसके



Spread the love

काठमाडौं
मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले केही सञ्ञार माध्यममा आफ्नो नाम जोडेर आएको भ्रामक समाचार प्रती आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।
`स्वास्थ्य उपकारण खरिदमा करोडौंको सेटिङ´ शिर्षक राखेर लेखिएको समाचारमा कुनै सत्यता नरहेको र उक्त समाचार कपोकल्पित, भ्रामक, झुठो र गलत रहेको स्वास्थ्य मन्त्री सिंह र उनका स्वकीय निकेश त्रिपाठीले बताए।

लोकप्रिय बिकासमुखी स्वास्थ्य मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई केहि बिरोधिहरुको ईशारामा बदनाम गर्ने षड्यन्त्र भएको उनले बताए। `मधेस दृस्टि´नामको पत्रीकामा `ईबिडिङ्ग टेन्डरमा पनि सेटिङ्ग´ भयो भनेर समाचार प्रकाशित भएको थियो।

मुख्य कुरा ईबिडिङ्ग टेन्डर अर्थात सार्वजनिक खरिद ऐन प्रक्रिया के हो ? यसबारे बुझ्दै न बुझी वा जानी जानी अन्जान बनेर मधेस प्रदेश कै सफल र लोकप्रीय मन्त्री बिरेन्द्र सिंहलाई बदनाम गर्न आएको यो शिर्षक र समाचार आफैमा मनगढन्ते र भ्रामक भएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहका स्वकीय सचिब त्रिपाठी ले बताएका छन् ।
समाचारमा लेखिएको भाषाबाट पत्रीकाले आफ्नो स्वार्थ पुरा हुन नसकेपछि सपनामा बर्बराएको अनुमान लगाउन सकिन्छ उनले भने।
मधेस प्रदेश कै विभिन्न अस्पताल र स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन मन्त्री सिंहले खेलिरहेको सराहनीय भुमिका र कामकाजको तिव्रता देखेर हतोत्साहित भएका केहि दलालहरुको कुरालाई आधार बनाएर समाचार नबनाई यथार्थ कुरा पाठक माझ पस्किदा जनपक्षीय पत्रकारीता हुने थियो उनले भने।

आफू स्वास्थ्य मन्त्री भएपछि प्रदेशका अस्पतालहरुमा व्यापक सुधार गरि आम नागरिकलाई सहज र सरल ढंगले सेवा दिने वातावरण बनाएको कुराबाट आतिएका केही ब्यक्तिले आफूलाइ बदनाम गर्ने उद्धेश्यले मिडियामा गलत समाचार सम्प्रेषण गराएकाले सो भ्रामक समाचारको पछि नलाग्न उनले सबैलाइ आग्रह गरे।

आफू केही नगर्ने र अरुलाइ पनि राम्रो गर्न नदिने सोच राख्ने समाजका केही गलत मानसिकता बोकेका ब्यक्तिले आफुलाइ बदनाम गर्न जति प्रयास गरेपनी केही फरक नपर्ने मन्त्री सिंहले बताए।

मन्त्री सिंहले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रदेशको आठै जिल्लाका प्रादेशिक अस्पतालहरूको स्तरन्नोती गरेर प्रादेशिक अस्पतालहरुलाई एक सय शैयाको अस्पताल बनाउने अभियान चलाएका छन। जस अन्तर्गत विभिन्न उपकरण, दक्षजनशक्ति, औषधी लगायतका कार्यहरुमा आमूल परिवर्तन गर्न उनी लागि रहेका छन।

स्वास्थ्य मन्त्री सिंहको अथक प्रयासले सरकारी अस्पतालहरुको अवस्था राम्रो भएपछि सरकारी अस्पतालमा राम्रो उपचार नपाएर निजि अस्पतालमा महँगो उपचार गर्न बाध्य भइ लुटिदै आएका गरिव निमुखा जनता अहिले सरकारी अस्पतालबाट थोरै खर्चमा राम्रो उपचार पाइरहेका छन।

मन्त्री सिंहले गरिव निमुखा जनताहरु निजी अस्पतालहरुबाट लुटिने क्रमलाई निष्क्रिय पार्दा केही विचौलियाहरु अनावश्यक रुपमा उनको पछि लागेका छन।

अहिलेको सरकारमा अत्यन्तै क्रियाशिल रहेका मन्त्री सिंहले यस्ता विचौलियाहरुको प्रचारबाजीबाट कुनै फरक नपर्ने तथा आफूले पाएको जिम्मेवारी पूर्ण इमानदारीका साथ पुरा गर्ने तथा सातै प्रदेशमा मधेश प्रदेशलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रादेशिक अस्पताललाई व्यवस्थित बनाउन चाहिने उपकरणहरु खरिद प्रक्रिया पूर्ण रुपमा पारदर्शी गर्नका निमित्त इ विडिंग (सार्वजनिक खरिद) प्रक्रियाको थालनी गराएकोमा विचौलियाहरुले मापदण्डहरू पुरा गर्न नसक्ने भएपछि अनाधिकृत रुपमा तथ्यहीन स्टंट थालेको सिंहले बताए

आफुले स्वास्थ्य क्षेत्रको सुधारका लागि चालेको कदमले हतोत्साहित भएका दलालहरुले आफू विरुद्ध जति अनर्गल प्रचारबाजि गरे पनि आफूलाइ कुनै फरक नपर्ने मन्त्री सिंहले बताए।