“समुदायमा कांग्रेस”वडा स्तरीय अभियान सर्लाहीमा मंगलबारदेखि सुरु

 काँग्रेस     १७ माघ २०८०, बुधबार ०८:१९     42 जनाले पढ़िसके



Spread the love

सर्लाहीको २० वटा पालिकाका दुई सय वटै वडामा मंगलबारदेखि“समुदायमा कांग्रेस अभियान” सुरु भएको छ।नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको निर्णय अनुसार जिल्लाका २० पालिकाका दुई सय वटै वडामा मंगलबारदेखि“समुदायमा कांग्रेस अभियान” सञ्चालन सुरु भएको हो ।
नेपाली कांग्रेस केन्द्रिय समितिले“समुदायमा जाऔं,जनताका कुरा सुनौं”अभियानको नारा तय गरेको र सोही अनुसार देशैभरी मंगलबारदेखि“समुदायमा कांग्रेस अभियान” सञ्चालन सुरु भएको नेपाली कांग्रेस मधेश प्रदेश समितिका उप सभापति एवम मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहका स्वकीय सचिव एवम कांग्रेस मधेस प्रदेश प्रचार प्रसार बिभागका सचीव निकेश त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार अभियान माघ १६ गते मंगलबारदेखि २६ गते शुक्रबार सम्म सञ्चालन हुने र जनताका अपेक्षा,सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।सो अभियान संचालनका लागि नेपाली कांग्रेसको केन्द्रिय प्रतिनिधिहरुको रूपमा गणेश लामा र कांग्रेस मधेस प्रदेश उप सभापति चन्द्र शेखर कुमार यादवलाई खटाइएको नेपाली कांग्रेस केन्द्रिय समितिले जनाएको छ ।
कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको अध्यक्षतामा बसेको नेपाली कांग्रेस जिल्ला समिति सर्लाहीको बैठकले सर्लाहीका २० वटौ पालिकाका दुई सय वटै वडाहरुमा अभियान सञ्चालन सुरु गर्ने निर्णय गरे अनुसार जिल्लाका २० वटै पालिकाका दुई सय वटै वडामा एकैसाथ कार्यक्रम सुरु भएको नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार प्रसार बिभाग सचीव निकेश त्रिपाठी ले जानकारी दिए ।