खिम छन्त्याल र पुर्णकला बि.सीको आवाजमा”सधै फेल हुन्छु” बजारमा

 कला तथा मनोरन्जन     २१ मंसिर २०८०, बिहीबार २१:०३     119 जनाले पढ़िसके



Spread the love

खिम छन्त्याल र पुर्णकला बि.सीको आवाजमा मौलिक पन्चेबाजा गित “सधै फेल हुन्छु” भर्खर मात्र बजारमा आएको छ।

खिम छन्त्यालकै शब्द तथा लय सृजना रहेको उक्त गितमा छन्त्याल लाई आवाजमा लोकप्रिय गायिका पुर्णकला बि.सी ले साथ दिएकी छन।

स्थाई डिजिटल रेकर्डिङ् स्टुडियो अनामनगर काठमाडौमा रेकर्ड गरिएको उक्त गितमा कृष्ण के.सीको संगित संयोजन र कुमार थापाको मिक्सिङ् रहेको छ।

निर्देशक प्रेम थापाले उक्त गितको निर्देशन गरेका हुन भने अभिनयमा चर्चित मोडल सारिका के.सी र खिम छन्त्याल देख्न सकिन्छ।साथै उक्त गितको छाँयांकन राम के.सीले गरेका हुन भने भिडियो सम्पादन अमृत चापागाईको रहेको छ।

गायक छन्त्यालले परदेशी भूमिमा रहेर पनि नेपाली गित संगितलाई निरन्तरता दिईरहेका छन। उनले यस अघि पनि कोरियन रेल,मनै उडायो,कोरिया जानी,आधा ज्यान बिदेशलाई चन्दा भो जस्ता गितहरु बजारमा ल्याई सकेका छन। हेर्नुहोस भिडियो तल