तिहारको मुखमा म्याद गुज्रेका बडवाइजर बियर बजारमा सम्बन्धित निकायको ध्यान जान जरुरी

 आर्थिक खबर     २३ कार्तिक २०८०, बिहीबार २०:२०     70 जनाले पढ़िसके



Spread the love

प्राय म्याद गुज्रेका बियर बजारभरी बिक्रि भएर फेला परिरहने चर्चामा आउने बियर हो बडवाइजर ।

झन्डै ६/७ महिना अघि पोखराको बारले आयोजना गरेको पिकनिकमा म्याद गुज्रेको वियर भेटिएपछि तत्काल सिडिओलाई जानकारी गराएपछी सम्बन्धित बिक्रेतामाथी एक्सन लिइएको थियो । यसैगरी गएको बैशाख महिनामा बिराटनगरको एक होटलमा बियर पारखीहरुले पिइरहेका बडवाइजर बियरको म्याद अन्तिम महिनाको अन्तिम दिन मात्र बाँकी रहेको फेला परेको थियो।

किन पटक पटक यसरी म्याद गुज्रेका बियर बजारमा जानाजान सप्लाई गरिन्छ ? यसको उत्तर खोज्दै जांदा सम्बन्धित उद्दोगले सो वियर फिर्ता लिंदा सम्पुर्ण लागत र मुनाफा गुमाउंछ। तसर्थ उद्दोगका बजार प्रतिनिधिले बिल बिजक अर्थात कागजमा फिर्ता देखाएर सजिलै केही सस्तो मुल्यमा व्यापारीलाईनै त्यस्तो म्याद गुज्रेका वियर बेच्न छाड्छन जसले गर्दा उद्दोगलाई पनि पुरै घाटा हुन पाएन अनि बितरकलाई मोटो नाफा, ठगिने चै भुलवश म्याद नहेरी खाने अनि क्लव, डिस्को दोहोरीका ग्राहक जो पहिलेनै मातेर क्लव, डिस्को,दोहोरी छिर्छन।

त्यसको ज्वलन्त उदाहरण केही महिना अघी काठमाडौंमा एक दोहोरीका ग्राहकले मगाएको वियर खानु भन्दा अघि म्याद हेर्दा म्याद गुज्रिएको हुन्छ जसमा दोहोरी र सम्बन्धित बिक्रेताको ठूलो भुमिका थियो पछि बिक्रेतालाई आइन्दा त्यसो नगर्ने शर्तमा २ लाख जरिवाना तिराइएको थियो। सो कुरामा कम्पनीको आधिकारिक धारणा बुझ्न महानगर प्रहरी टुबोर्ग बियरको कार्यालय पुगेर सम्बन्धित व्यक्ती भेट्न कति मेहनत गर्नुपरेको थियो तपाई हामीले देखेकै हो।

यसरी झट्ट हेर्दा बिक्रेतालाई देखाएर उद्दोग पन्छिने गरेपनी यसमा अदृश्य ठूलो भुमिका उद्दोगकै हुने एक व्यापारीले बताए।

म्याद नाघेको वियरको फोटो

यस्तै घटना बडवाइजर बियरमा सर्लाहीको हरिवनमा घटेको छ। केही समयअघि एक भोजमा बियर नपुगेर बियर खरिद गर्न जाँदा ७ महिना अघिनै सो बियरको म्याद गुज्रेको भेटियो तर उक्त बिषयमा सोधखोज गर्दा जिम्मेवार कोही भेटिएन कम्पनीको बोतलमा कन्जुमर केयर नम्बर छ कि भनी हेर्दा त्यो पनि छैन ।

बल्ल तल्ल बडवाइजर बियर उत्पादन गर्ने उद्दोगका बजारको नेपालभर हेर्ने प्रमुखको नम्बर पाइयो त्यो पनि नउठ्ने रहेछ। २/३ पटक फोन सम्पर्क गर्ने प्रयास विफल भयो त्यसपछि मेसेज पनि पठाइयो त्यसको पनि केही प्रतिक्रिया आएन।

यसपछी हामीलाई लाग्यो यस्ता सम्पर्कमा आउन नचाहने र आफ्नो उत्पादनको जिम्मेवारीबाट भाग्ने उद्दोग र बजार प्रतिनिधी अनि बितरकसंग बहस गर्न भन्दा गैरजिम्मेवार उद्धोगहरुलाई जनतासमक्ष सत्यतथ्य उदांगो पारेर नागरिकको जनस्वास्थ्यसंग खेलबाड गर्ने यस्ता उद्दोगहरुका उत्पादनप्रती सचेतना जगाउनु नै हाम्रो पत्रकारिताको धर्म हो भन्ने ठानेर यो समाचार प्रकाशित गरेका छौं।

उद्दोगले भोलि उठाउन सक्ने प्रश्नकालागि हामीले उक्त बियरका बोतल सुरक्षित राखेका छौं तसर्थ हामी आम जनता तथा उपभोक्ताहरुलाई सुसुचित गर्न चाहन्छौं कि बजारमा रहेका वियर मात्र हैन आम उपभोग्य वस्तु म्याद हेरेर मात्र उपभोग गर्नुहोला। नजिकिंदै गरेको नेपालीहरुको महान चाड तिहार छठमा मौका छोपेर यस्ता अपराध गर्नेहरु सल्बलाइरहेका हुनसक्छन।