बलरामा बाबुछोरा मिलेर कांग्रेसको व्यानर दुरुपयोग गरेकोप्रती कांग्रेसको आपत्ति

 काँग्रेस     २० कार्तिक २०८०, सोमबार २०:४७     66 जनाले पढ़िसके



Spread the love

बलरा नगरपालिका वडा नं १० सुदामा निवासी तत्कालीन कांग्रेस जिल्ला कार्यसमिति सदस्य नवीन कुमार सिंह र क्षेत्रीय प्रतिनिधि निजका बुवा बाल किशोर सिंह गत स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी कौशलकिशोर सिंह र वडा अध्यक्ष प्रभाकर सिंह विरुद्द जसपाका मेयर प्रत्यासी नागेन्द्र झा को पक्षमा प्रचार प्रसार गरि नेका उम्मेदवार कौशलकिशोर सिंहलाई पराजय गराउने मुख्य भुमिका निर्वाह गरेको र मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पनि पार्टीका उम्मेदवार नागेन्द्र कुमारका विरुद्द उठेका स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहको पक्षमा प्रचार प्रसार गरी पार्टीका आधिकारिक उम्मेदवारलाई पराजय गराउन मुख्य भुमिका खेलेपछी उम्मेदवारहरुको प्रमाण सहितको उजुरी र क्षेत्रीय कार्यसमितिको सिफारिसको आधारमा छानबिन गरी नेपाली कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीको मिति २०७९/७/३० मा चुनाव प्रचार प्रसार अवधिमा बसेको बैठकले निजहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेकोले निजहरु स्वतन्त्रबाट जितेका उम्मेदवार अमरेश कुमार सिंह कै साथ रहेको र अहिले आएर नेपाली कांग्रेसलाई कमजोर पार्न अमरेशकुमार सिंहकै उक्साहटमा फेरि म नेपाली कांग्रेस नै हो भनी कथित रुपमा नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई झुक्याउन नेपाली कांग्रेसको नाम दिई अमरेश सिंह समर्थकको भेला गर्न खोजेको प्रती नेपाली कांग्रेस सर्लाही क्षेत्र नं ४ ले विज्ञप्ति निकाली सो कार्यको भत्सर्ना गर्दै यस्ता कार्यहरु प्रती सचेत रहन आफ्ना कार्यकर्ताहरुलाई अपिल गरेको नेपाली कांग्रेस सर्लाही क्षेत्र नं ४ का क्षेत्रीय सचिव विरेन्द्र महतोले बताउंदै विज्ञप्ती जारी गरेका छन।

नेपाली कांग्रेस सर्लाही क्षेत्र नं ४ द्दारा जारी विज्ञप्ति

निष्कासित सिंह बाबुछोराद्दारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको व्यानर