इजरायली हवाई आक्रमणबाट ६५ सय प्यालेस्टाइनीको मृत्यु

 #अन्तरास्ट्रिय     ९ कार्तिक २०८०, बिहीबार ०७:५२     51 जनाले पढ़िसके



Spread the love

गाजापट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार आक्रमणमा परी तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएका छन् ।

अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो हमला गर्दा इजरायलमा एक हजार चार सय व्यक्तिको मृत्यु भएको थियो । त्यसयता गाजामा हमासविरुद्ध इजरायलले भीषण हवाइ हमला गर्दै आएको छ । (सिन्ह्वा)