विश्वकप : विराटको उत्कृष्ट खेलसंगै भारतको लगातार चौथो जित

 विश्वकप क्रीकेट २०२३     ३ कार्तिक २०८०, शुक्रबार ०९:३४     47 जनाले पढ़िसके



Spread the love

काठमाडौं । विराट कोहलीको शतकसँगै भारतले विश्वकप क्रिकेटमा बंगलादेशलाई ७ विकेटले हराएको छ । यो घरेलु टोलीको लगातार चौथो जित हो ।

घरेलु मैदान पुनेमा बंगलादेशले दिएको २५७ रनको लक्ष्य भारतले ४१. ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । ४१ ओभरको खेल सकिँदा भारतलाई जम्मा २ रन चाहिएको थियो र कोहली ९७ मा खेलिरहेका थिए । लगातार दुई डट बल खेलेका उनले तेस्रो बलमा छक्का हान्दै भारतलाई जिताएनन् मात्र, शतक पनि पुरा गरे ।

विश्वकप क्रिकेटमा बिराटको यो तेस्रो शतक हो । उनले आफ्नो पहिलो शतक २०११ मा बंगलादेशविरुद्ध हानेका थिए । २०१५ मा पाकिस्तानविरुद्ध शतक बानाएका उनले २०१९ मा भने शतक बनाउन सकेका थिएनन् ।