एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल र सचिवमा नवराज सिलवाल विजयी, हेर्नुहोस को को भए विजयी

 एमाले     १३ आश्विन २०८०, शनिबार ००:०९     39 जनाले पढ़िसके



Spread the love

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्।

शुक्रबार भएको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका उम्मेदवार ढुंगेल अध्यक्ष विजयी भएका हुन्।

ढुंगेलले ६९६ मत पाएका छन्। अध्यक्षका अर्का प्रत्याशी कृष्ण दाहालले ४३९ मत पाए।

सचिवमा नवराज सिलवालले ५६८ मत पाएर विजयी भएका छन्। सचिवका अर्का प्रत्याशी हस्त पण्डितले ५६७ मत पाए।

नवराज सिलवाल कृष्ण दाहाल समूहका हुन्।

त्यस्तै उपाध्यक्षमा दावा दाेर्जे लामा ६१५ मतसहित विजयी भएका छन्। दोर्जे ढुंगेल समूहका हुन्।

त्यस्तै उपसचिव (महिला) मा भक्तकुमारी लामा ५९९ मतसहित विजयी भएकी छन्। लामा दाहाल समूहकी हुन्।

उपसचिव (पुरूष) मा प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन्। महर्जन ढुंगेल समूहका हुन्।

रामेछापका कैलाश ढुंगेल बागमती प्रदेशको अघिल्लो कार्यकालमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। रामेछापको तीन पटक पार्टी नेतृत्व सम्हालिसकेका उनी अहिले केन्द्रीय सदस्य छन्।