कोशीमा ३४ वर्षयताकै ठूलो बहाव, ब्यारेजका सबै ढोका खाेलिए

 बाढी पहिरो     २९ श्रावण २०८०, सोमबार ०९:१४     113 जनाले पढ़िसके



Spread the love

सप्तकोसी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च भएको छ । आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रतिसेकेण्ड बगेको थियो । जुन ३४ वर्ष यताकै उच्च पानीको बहाव हो ।

सन १९८९ मा कोशीमा ४ लाख ७२ क्युसेक प्रतिसेकेन्ड पानी मापन गरिएको थियो । बिहान चार बजेयता भने पानीको मात्रा घट्दै गइरहेको छ ।

आज बिहान ६ बजे गरिएको मापनअनुसार कोसीमा ४ लाख ५२ हजार क्युसेक पानी प्रतिसेकेण्ड बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

पानीको बहाव बढेसँगै कोसी ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छिन् । फोटो : फाइल