क्विन्टल सुन तस्करी प्रकरण : व्यापारी रोहन अडुकिया पक्राउ

 #अपराध सुन काण्ड     २६ श्रावण २०८०, शुक्रबार १५:१७     45 जनाले पढ़िसके



Spread the love
काठमाडौँ- एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । भारतबाट फर्किन क्रममा उनलाई शुक्रबार दिउँसो विमानस्थलबाट पक्राउ गरिएको हो ।
पक्राउपछि उनलाई राजश्व अनुसन्धान विभागलाई बुझाइएको प्रहरीले जनाएको छ । उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् । फोटो : सांकेतिक