नेपाली कांग्रेसका संसद सुनिल शर्मा पक्राउ

 काँग्रेस     २५ श्रावण २०८०, बिहीबार १६:४३     103 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा  नेता सुनील शर्मा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतले उनलाई पक्राउ गरेको पुष्टि गरेपनि कारण खुलाउन चाहेन । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित संसद हुन।

शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक समेत हुन् ।

प्रतिनिधिसभामा उनले केही दिनअघि एक सय किलो सुन प्रकरण छानबिन गर्न माग गरेका थिए ।

सो क्रममा उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा समेत मागेका थिए । सोही अभिव्यक्ति उनले संसदीय समितिमा पनि दिएका थिए ।