पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्षको जेल सजाय, घरबाटै गिरफ्तार

 #अन्तरास्ट्रिय     २० श्रावण २०८०, शनिबार १८:१०     86 जनाले पढ़िसके



Spread the love
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।
इस्लामावादको एक अदालतले उनलाई सरकारी उपहार बेचेर कमाएको रकम घोषणा नगरेकामा दोषी ठहर गरेको हो । उनले आरोप अस्वीकार गर्दै पुनरावेदन गर्ने बताएका छन् ।
फैसलापछि खानलाई लाहोरस्थित घरबाटै हिरासतमा लिइएको बीबीसी ले जनाएको छ ।
अदालतले उनलाई एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ ।