नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख खापुङ्गले यही साउन १६ गते मंगलबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गरिसक्न आह्वान गरेका छन् ।
एमालेका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमाथि बिहीबार फैसला गर्दै सर्वोच्च अदालतले उद्धव थापाको नियुक्ति बदर र नयाँ मुख्यमन्त्री नियुक्तिका लागि १ साताको समय दिँदै फैसला सुनाएको थियो । सोही बमोजिम आज प्रदेश प्रमुख खापुङ्गले उक्त आह्वान गरेका हुन् ।