गृहमन्त्रालयद्दारा डीएसपी ठगबहादुर केसी बर्खास्त

 #अपराध     १० श्रावण २०८०, बुधबार ०७:१०     227 जनाले पढ़िसके



Spread the love

काठमाण्डु- प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । गृहमन्त्रालयले ३५ तोला सुनसहित पक्राउ परेका केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेको हो ।

प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई जागिरबाटै हटाउन गृह मन्त्रालयमा सिफारिस गरेको थियो। गत पुस ११ गते डीएसपी केसी व्यापारीको ३५ तोला सुनसहित पक्राउ परेका थिए ।

उनले सुन लुटेको आरोपमा तत्कालीन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाइएको थियो। समितिले केसीले गम्भीर गल्ती गरेको निस्कर्ष निकालेको थियो ।