तिनाउले पार गर्‍यो सतर्कता विन्दु, तटीय क्षेत्रमा खतरा

 बाढी पहिरो     ९ श्रावण २०८०, मंगलवार ०६:३२     116 जनाले पढ़िसके



Spread the love

काठमाडौं- बुटवलस्थित तिनाउ नदीको जल सतहले खतराको विन्दु पार गरेको छ।

अविरल वर्षाका कारण तिनाउको जल सतह सतर्कताको विन्दुबाट माथि चढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

‘तिनाउ नदी बाढीमापन केन्द्र, बुटवलमा जलसतहले सतर्कता तह पार गरेको छ , र, त्यो बढ्दो क्रममा छ,’ विभागले आज बिहान ३ बजे अलर्ट जारी गर्दै भनेको छ, ‘त्यसबाट खतरा पुग्न सक्ने तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाऔं।’

विभागका अनुसार पछिल्लो ३ घण्टामा नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ। ती क्षेत्र भई बहने स-साना खोला, तिनाउ र यसका सहायक नदी, पश्चिम राप्ती नदीका सहायक नदीहरूमा आकस्मिक बहावको जोखिम देखिएको छ।