तनहुँको गुणादीमा पहिरो : सडकको नाली बनाउँदै गरेका दुई जना मजदुरको ज्यान गयो

 बाढी पहिरो     ५ असार २०८०, मंगलवार ११:३२     76 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

हिजो साेमवार बेलुका नाली बनाउँदै गर्दा सडकको माथिबाट खसेको माटोको ढिस्कोले पुर्दा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षका भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षका बलबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा ज्यान गएको हो ।

यस्तै घाइते झापाको शिवशताक्षी–७ का ४५ वर्षका कृष्ण लिङ्देनको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत सडक छेउमा नाली बनाउँदै गर्दा हिजो बेलुका पहिरो खसेको थियो । फोटो : फाइल